काठमाडौँ, ३० चैत्र । संघीय संसदमा प्रतिनिधि सभाको एक स्थान रिक्त भएको छ। संघीय संसद सचिवालयले सूचना जारी गर्दै रुपन्देही क्षेत्र नं. ३ का सांसद दीपक बोहराको निधनसँगै प्रतिनिधि सभामा एक सिट रिक्त भएको जानकारी गराएको हो।
बोहराको चैत १९ गते निधन भएपछि संविधानको धारा ८९ (च) बमोजिम संसद सचिवालयले रिक्त सिटको सूचना जारी गरेको हो। महासचिव पद्यमप्रसाद पाण्डेले शुक्रबार उक्त सूचना प्रकाशित गरेका हुन्।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५(२) अनुसार प्रतिनिधि सभाको कुनै स्थान रिक्त भएमा त्यसको सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार सचिवालयले बोहराको निधनपछि रिक्त...