काठमाडौं,२५ जेठ । नेपालमा प्रत्येक वर्ष २५ सय देखि २६ सय ब्रेन ट्युमरका नयाँ बिरामी थपिने गरेका छन् । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आइतबार बिहान वीर अस्पतालमा आयोजित कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो । नेपालमा ब्रेन ट्युमर बिरामीबारे पहिलो पटक तथ्यांक सार्वजनिक गरिएको वीर अस्पताल न्यूरो सर्जन विभाग प्रमुख प्रा.डा. राजीव झाले जानकारी दिए ।
डा.झाका अनुसार वीर अस्पताल अन्तर्गतको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको नेतृत्वमा ब्रेन ट्युमर बिरामीबारे गरिएको अध्ययनबाट यो तथ्यांक निकालिएको हो । यो एक ऐतिहासिक कदम भएको उनले बताए ।
देशभरका २० भन्दा बढी न्यूरोसर्जिकल केन्द्रबाट १...