जनकपुर,०४ साउन । यस वर्ष देशभर धान रोपाइँ सुस्त गतिमा भइरहेको बेला मधेश प्रदेशमा भने खडेरी र सिँचाइको अभावका कारण धान रोपाइँले निकै ढिलो गति लिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागको पछिल्लो तथ्याङ्कअनुसार, साउन ४ गतेसम्म मधेश प्रदेशको कुल धान खेतीयोग्य भूभागको जम्मा ४६ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ। सामान्यतयाः जेठको अन्तिमदेखि धान रोपाइँ सुरु हुने भए पनि, मधेशका किसानहरूले यस वर्ष सिँचाइको अभावका कारण ठूलो समस्या भोगिरहेका छन्।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार, मधेश प्रदेशमा ३ लाख ७२ हजार ६ सय...