काठमाडौँ, ८ वैशाख । शिक्षकहरूको माग सम्बोधनका लागि सरकार आज साँझ निर्णायक तयारीमा जुटेको छ। साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । जसमा शिक्षा मन्त्रालयले प्रस्ताव पेश गरी शिक्षकहरूको माग प्याकेजमै सम्बोधन गर्ने तयारी गरेको छ।
सरकारका एक मन्त्रीका अनुसार, आन्दोलनरत शिक्षकहरूको चासोलाई गम्भीरतापूर्वक लिँदै आजको बैठकले स्पष्ट निर्णय लिन सक्छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा केन्द्रित २० दिन लामो आन्दोलनको दबाबसँगै सरकारले समाधानको बाटो खुलाउने संकेत दिएको हो।
शिक्षकहरू शिक्षा ऐन, सरुवा प्रणाली, तलब संरचना लगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा छन्। शिक्षा मन्त्रालयले उक्त विषयहरूलाई समेटेर समाधान प्रस्ताव मन्त्रिपरिषदमा पेस...