जनकपुर,१७ माघ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका-१ की ६० वर्षीया सुनैनादेवी झा बुधबार बिहानदेखि महाकुम्भ मेलाबाट सम्पर्कविहीन भएको उनका छोरा ललित झाले बताए ।
४ दिनअघि सुनैनादेवीसहित ८ जनाको पारिवारिक समूह कुम्भ स्नानमा गएका थिए । यस्तै तिलाठी कोइलाडी-३ सकरपुराका ६५ वर्षीय बुलबुल खंग पनि बुधबार बिहानदेखि महाकुम्भ मेलास्थलबाट हराइरहेको वडाध्यक्ष रमेश मुखियाले बताए । परिवार र समूहका सदस्यले स्थानीय सुरक्षाकर्मीको समन्वयमा हराइरहेकाको खोजी भइरहेको छ ।
सप्तरी जिल्लाको विभिन्न स्थानबाट सयौँको संख्यामा तीर्थालुहरु...
जनकपुर,१७ माघ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिका-१...