सप्तरी,०४ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सहिदहरूको सम्मान हुने गरी सरकारका कामहरूलाई अगाडि बढाइरहेको बताएका छन् । बुधबार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर–३ को वडा सभालाई सम्बोधन गर्दै मन्त्री लेखीले वीर सहिदहरूको योगदानलाई सम्झनु र सम्मान गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे ।
‘सहिदहरूप्रति कृतज्ञता व्यक्त गर्दै मधेस सरकारले सहिद स्मृति भवन, स्मृति पार्क तथा सामुदायिक भवनजस्ता संरचना निर्माणको योजना अघि सारेको छ,’ मन्त्री लेखीले बताए । गृहमन्त्री लेखीले सहिद परिवारका लागि पनि विशेष योजना तथा कार्यक्रमहरू प्रदेश सरकारले अघि बढाएको जानकारी दिए ।...
सप्तरी,०४ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सहिदहरूको सम्मान हुने गरी सरकारका कामहरूलाई अगाडि बढाइरहेको बताएका छन् । बुधबार सप्तरीको...