जनकपुरधाम ,पौष ५ । पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मण्डपमा मैथिली संस्कृतिअनुसार भएको विवाहमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए। विवाह समारोहमा महन्थ वैष्णव राजर्षि जनकको भूमिकामा थिए भने राम मन्दिरका महन्थ राम गिरि राजा दशरथको भूमिका निर्वाह गरेका थिए।
शनिवार राति हजारौं श्रद्धालुलाई साक्षी राखेर रामजानकीको विवाह सम्पन्न गरिएको हो।
भारतको अयोध्यामा निमन्त्रणा नपठाइएका कारण राम मन्दिरबाट आएका साधु सन्तका साथै पूजारीहरु जन्तीमा सहभागी भएका थिए ।
आज राम कलेवा विधि गरेर सप्ताहव्यापी विवाहपन्चमी महोत्सव सम्पन्न हुनेछ ।...
जनकपुरधाम ,पौष ५ । पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मण्डपमा मैथिली संस्कृतिअनुसार भएको विवाहमा जानकी...