पर्सा । प्रत्येक बर्ष झै यसबर्ष पनि वीरगन्जमा भव्य रुपमा रावण दहन गरिएको छ । विजयादशमीको उपलक्ष्यमा दशमीका दिन रावण दहन गरिन्छ । विजयादशमीको उपलक्ष्यमा वीरगन्जमा करिब ३० फिट अग्लो रावण दहन गरिएको हो ।
वीरगन्ज १६ वाईपास स्थित माँ वैष्णो मन्दिर अगाडी करिब ३० फिट अग्लो रावणलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वरिष्ठ उद्योगपति एवं समाजसेवी अशोक बैद्य, साहिब दरबारका पीठाधिपति श्री देवेन्द्र सिंह, नेकपा एमाले नेता एवं प्रदेश सभा सदस्य उम्मेदवार शम्भु गुप्ता, वीरगन्ज १६ का वडा अध्यक्ष पर्शुराम चौरसिया लगायतकाले विधिपूर्वक रावणलाई आगो लगाई दहन गरेका हुन्...