वीरगन्ज,०९ माघ । नेपाल र भारतको सीमामा रहेका सीमा सतम्भहरुको मर्मत तथा रंगरोगनको काम शुरु भएको छ । दुबै देशका अधिकारीहरुको सहभागितामा सीमा स्तम्भको मर्मत तथा रंगरोगन शुरु गरिएको सशस्त्र प्रहरी १३ नं.गणका सूचना अधिकारी सशसत्र प्रहरी नायव उपरिक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।
बीरगन्ज महानगरपालिकाको – १६ ईनरुवा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको पन्टोका ग्रामपंचायत ४ सुन्दरपुर स्थित रहेको सानो सीमा स्तम्भ नम्बर ३९१ ÷६ को मर्मत तथा रंग रोगन गरिएको हो । नेपालतर्फबाट, पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रंग रोगनको शुरुवात गरेकाे हो ।
उक्त मर्मत...