बीरगन्ज, २५ फागुन । होली पर्वमा जथाभावी मदिरा सेवनगरी सवारी चलाउदा मधेश प्रदेशका आठ जिल्लामा १६ जनाको मृत्यु भएको छ भने, १७२ जना घाईते भएकाे छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले आज एक प्रेस नोट जारी गर्दै मधेश प्रदेशका आठ जिल्लामा होली पर्वमा दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्र्तगत फागुन २२ गतेदेखि २४ गतेसम्म राजमार्ग तथा सहायक मार्गहरुमा चेकजाचलाई कडाई गरेको थियो ।
सो अवधीमा मधेश प्रदेशका आठ जिल्लामा १ सय १९ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको र १ सय ७२ जना...