काठमाडौं,३१ चैत । हङकङमा जारी हङकङ टी२०आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।
मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो । कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्या गरेपछि स्कोरमा रोकियो ।
पावर प्लेमै ७१/१ रन बनाएको कुवेतले ९ ओभरमा १००–२ रन बनाएको थियो । नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपालविरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।
कुवेतको आक्रमक...