हाङचउ — शनिबार १९औं एसियाली खेलकुदअन्तर्गत कराते खेलाडी एरिका गुरुङ रजत पदकै सीमित भएकी छिन् । खेलकुदअन्तर्गत महिला ६८ केजी तौल समूहमा कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग ३-० ले प पराजित भएपछि उनी रजत पदकै सीमित भएकी हुन् । उनि पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट चुकेकी छिन् ।
सेमिफाइनलमा एरिकाले हङकङकी खेलाडी यान काई होलाई ८-४ ले हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । एरिकाले क्वार्टरफाइनलमा भने जापानी खेलाडी युजुकी सावाएलाई हराएकी थिइन् ।
नेपाले १९औं एसियाली खेलकुदमा दोस्रो पदक जितेको छ । यसअघि कबड्डीमा नेपाली महिला टोलीले कांस्य पदक जितिसकेको...