काठमाडौं, २७ चैत्र । एसियाली विकास बैंक (ADB) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ३.९ प्रतिशतभन्दा केही सुधार हो। एडीबीले आगामी आर्थिक वर्षमा भने वृद्धि दर ५.१ प्रतिशतमा पुग्ने अनुमान गरेको छ।
एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले अमेरिकी ट्यारिफ घोषणाका कारण एसिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिमा प्रभाव परेको जनाए। उनका अनुसार अमेरिकाको नीतिगत अनिश्चितताले क्षेत्रीय वृद्धि दर ४.९ प्रतिशतमा सीमित हुने देखिएको छ।
एडीबीले अमेरिकाको आर्थिक वृद्धि दर गत वर्षको २.८ प्रतिशतबाट घटेर यस वर्ष २ प्रतिशत...