गान्धीनगर, २० चैत्र । गुजरात राज्यको बनासकाँठा जिल्लास्थित पटाका उद्योग र गोदाममा भएको भीषण विस्फोटमा २१ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
डिसा नगरको "दीपक ट्रेडर्स" नामक पटाका कारखानामा मंगलबार भएको विस्फोट यति शक्तिशाली थियो कि केही मजदुरका अंगहरू ५० मिटर टाढासम्म छरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
घटनालगत्तै फायर ब्रिगेड टोली परिचालित भए पनि आगो निभाउन ६ घण्टाभन्दा बढी समय लागेको थियो। प्रारम्भिक रिपोर्टमा ६ जनाको मृत्यु पुष्टि भए पनि आगलागी नियन्त्रणपछि खोजी गर्दा मृतक संख्या २१ पुगेको हो।
घटनाका बेला उद्योगमा कति मजदुर थिए भन्ने यकिन...