सुर्खेत, १० चैत्र । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारबाट १० अर्ब ५६ करोड ४ लाख रुपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउने भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार नेपाल सरकारले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
यो अनुदान न्यूनतम १ अर्ब ७६ करोड २९ लाख, सूत्रमा आधारित ८ अर्ब ४३ करोड २३ लाख, र कार्यसम्पादनका आधारमा २६ करोड ५२ लाख रुपैयाँ गरी कर्णाली प्रदेशलाई प्रदान गरिनेछ। आयोगका अनुसार अनुदान निर्धारण गर्दा शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचक, पूर्वाधार विकास आवश्यकतासहित...