Date
आइत, भदौ २९, २०८२
Sun, September 14, 2025
Date
आइत, भदौ २९, २०८२
Sun, September 14, 2025

भाटभटेनीमा चोरी गरेको आरोपमा...

काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र अनियमिततामा (चाेरी गरेकाे) संलग्न रहेको आरोपमा बुटवलको...

पेट्रोलियम आपूर्ति सामान्य, मौज्दात...

काठमाडौं,२८ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको...

८ दलको संयुक्त विज्ञप्ति:...

काठमाडौं,२८ भदाै । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी,...

रौतहटमा डुबेर १० वर्षीया...

रौतहट,२८ भदाै । रौतहटको लालबकैया खोलामा नुहाउने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको...
spot_imgspot_imgspot_img
19.4 C
Kathmandu
25.7 C
Birgunj
spot_img

जेनजी आन्दोलनलाई संसद् विघटनको सुझाव : राजेन्द्र महतो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ भदौ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जेनजी आन्दोलनले देशमा नयाँ युगको सुरुवात गरेको बताएका छन्।

शुक्रबार जारी अपिलमार्फत उनले सामाजिक सञ्जाल प्रतिबन्ध र सत्ताधारीको अहंकार यो विद्रोहको ट्रिगर भए पनि यसको मूल कारण लामो समयदेखि संचित असन्तुष्टि भएको बताए।

महतोका अनुसार जेनजी आन्दोलनको भावनाअनुरूप अन्तरिम सरकार गठन आवश्यक छ। तर अहिलेको प्रतिनिधिसभा कायम रहेसम्म त्यस सम्भावना नदेखिएको उनले बताए। उनले संविधान पुनर्लेखनका लागि संविधान सुझाव सुधार आयोग गठन गरी राज्य पुनः संरचनासम्बन्धी विषयसमेत समेट्नुपर्ने सुझाव दिए।

- Advertisement -

दलहरूले विगतका गल्तीका लागि आत्मसमीक्षा गर्दै श्वेतपत्र जारी गरी जनतासँग माफी माग्नुपर्ने उनको भनाइ छ। साथै, पछिल्ला दुई दशकका सबै भ्रष्टाचार काण्ड र अवैध सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग बनाउनुपर्नेमा उनले जोड दिए।

महतोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनलोकपालमा रूपान्तरण गरी ठग, भ्रष्टाचारी र अवैध सम्पत्तिवालालाई न्यायको कठघरामा उभ्याउनुपर्ने धारणा पनि राखे।

उनले भने, “यी आधारभूत कदमहरू पुरा भए मात्र जेनजी आन्दोलन सफल विद्रोह र क्रान्तिमा परिणत हुनेछ।”

Leave a Reply

ताजा समाचार

थप समाचार