Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

रास्वपाका उम्मेदवार अरविन्द साहले कलैयामा घरदैलो अभियान सञ्चालन

spot_img

कलैया,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका विभिन्न वडामा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरे।

मङ्गलवार बिहानदेखि सुरु भएको अभियानमा साहले वडा नं. २१, २२ र २६ का स्थानीयहरूलाई भेटेर आफ्नो प्रतिबद्धता व्यक्त गरे र परिवर्तनका पक्षमा मतदान गर्न आग्रह गरे। वडा नं. २१ को मडील्वामा बोल्दै साहले विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनताको समस्यामा ध्यान नदिएको र सुधार नगरेको उल्लेख गर्दै भने, “अब परिवर्तन आवश्यक छ। घण्टी छापमा मतदान गरेर रास्वपालाई जिताउनुहोस्।” उनले परिवर्तनले भविष्यमा सुरक्षित समाज र विकास सुनिश्चित गर्नेमा जोड दिए।

वडा नं. २२ को मटीरीयामा उनले स्थानीय मतदाता, विद्यार्थी र बुद्धिजीवीहरूसँग छलफल गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधारसम्बन्धी समस्याहरूको जानकारी लिएका छन्। स्थानीयहरूले भेटघाटले आफ्नो दैनिक जीवनसँग जोडिएका विषयमा ध्यानाकर्षण गरेको बताए।

साहले वडा नं. २६ को सिस्वा र बकुलहरमा पनि पुगेर शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन र आम जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता दोहोर्याए। उनले अहिलेका सत्ताधारी दलहरूले जनताको भोट मात्र प्रयोग गरेको र वास्तविक समस्यामा काम नगरेको आरोप लगाए। “उदाहरणका लागि, लामो समयदेखि नबन्ने कलैयाको मानमत–मटीअर्वा सडक खण्डलाई हेर्न सकिन्छ,” उनले बताए।

एक सफल उद्यमीको रूपमा आफूलाई प्रस्तुत गर्दै साहले भने, “म निर्वाचित भए युवाहरूका लागि रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नेछु।” उनले बाराका शैक्षिक, स्वास्थ्य र पूर्वाधार सुधारमा रास्वपा नेतृत्वको सरकारले काम गर्ने विश्वास दिलाए। साहको अभियानले स्थानीयबीच उत्साह र चर्चा बढाएको देखिन्छ, र उनले मतदातालाई परिवर्तनका लागि सक्रिय भूमिका खेल्न प्रेरित गरिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय