पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

spot_img

काठमाडौँ,३० चैत । विशेष अदालतले राजकुमार गुप्ता सहित ७ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश दिएको छ। अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट सहितको इजलासले पोखराको लिचीबारी जग्गा प्रकरणसँग सम्बन्धित मुद्दामा साक्षी बुझ्ने प्रक्रिया अघि बढाउन आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तासहित प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आरोपअनुसार कास्की मालपोत कार्यालयका प्रमुख सरुवा रोक्ने र भूमि आयोगमा सदस्य बनाउने आश्वासन दिँदै ५३ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ।

त्यस्तै, पूर्वमन्त्री रञ्जिता श्रेष्ठ समेत संलग्न रहेको आरोप लगाउँदै आयोगले दुवैबीचको मिलेमतोमा थप २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको छ। अख्तियारका अनुसार कुल ७८ लाख रुपैयाँ बराबरको घुस लेनदेन भएको प्रमाण अडियो संवाद, बैंक कारोबार विवरण तथा डिजिटल फरेन्सिक परीक्षणबाट पुष्टि भएको दाबी गरिएको छ।

यस प्रकरणमा मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखदेखि घरजग्गा व्यवसायी तथा बिचौलियासम्म ७ जनालाई प्रतिवादी बनाइएको छ। पोखरा महानगरपालिका–१६ स्थित दीप बिर्ता (लिची बगैँचा) क्षेत्रको जग्गासँग सम्बन्धित विवाद यस मुद्दाको केन्द्रमा रहेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय