जलेश्वरमा रास्वपा सांसद अमरेश सिंहविरुद्ध आफ्नै कार्यकर्ताको नाराबाजी

spot_img

जनकपुर,३० चैत । महोत्तरीको सदरमुकाम जलेश्वर मा राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का सांसद अमरेश कुमार सिंह विरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्।

सोमबार उनी जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिरहेका बेला पार्टीका स्थानीय कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका हुन्।

स्थानीय नेता–कार्यकर्तासँग समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू रुष्ट बनेको बताइएको छ। प्रदर्शनकारीहरूले “अमरेश सिंह मुर्दावाद” लगायतका नारा लगाएका थिए।

स्थिति तनावपूर्ण बनेपछि प्रहरीले प्रदर्शनकारीलाई बैठक कक्षमा प्रवेश गर्न रोकेको थियो। विरोधमा स्थानीय नेता प्रकाश पाठक लगायतका कार्यकर्ता सहभागी भएका थिए।

उज्वल झा निर्वाचित रहेको क्षेत्र जलेश्वरमै यस्तो आन्तरिक विवाद देखिएको हो, जसले स्थानीय राजनीतिक समन्वयको प्रश्न उठाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय