संसदीय समितिमा हिन्दीमा सम्बोधन गर्दै महन्थ ठाकुर : कुशासन हटाउन सजिलो छैन

spot_img

काठमाडौं,३० चैत । महन्थ ठाकुरले राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा हिन्दी भाषामा सम्बोधन गर्दै कुशासन र भ्रष्टाचार अन्त्य गर्नु सहज विषय नभएको बताएका छन्।

बैठकमा समितिको वार्षिक कार्ययोजनाबारे छलफल भइरहेका बेला सांसद ठाकुरले वर्तमान लोकतान्त्रिक प्रणालीमा पनि कुशासन र भ्रष्टाचार दीर्घकालीन समस्या बनेको टिप्पणी गरे। उनका अनुसार यी समस्या पहिलेदेखि नै उठ्दै आएका हुन् र भविष्यमा पनि उठिरहने सम्भावना छ।

उनले कुशासन अन्त्य गर्न सजिलो नभएको भन्दै यसको समाधानका लागि दीर्घकालीन प्रयास आवश्यक रहेको बताए।

बैठकमा मधेस प्रदेशको शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकास सूचक पछाडि परेको विषयसमेत उठाइएको थियो। यसमा जोड दिँदै ठाकुरले मधेस प्रदेश मा बाढी र खडेरी जस्ता प्राकृतिक समस्याले जनजीवन प्रभावित पारिरहेको उल्लेख गरे।

उनले गरिब तथा कमजोर वर्ग बढी प्रभावित हुने अवस्था रहेको भन्दै आधारभूत आवश्यकता पूरा नभएसम्म समृद्धि सम्भव नहुने धारणा राखे। साथै शिक्षा सुधार भए उत्पादन, व्यापार र आम्दानी बढ्ने भन्दै दीर्घकालीन विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए।

ठाकुरले मधेसको शैक्षिक अवस्थाबारे तथ्याङ्क प्रस्तुत गर्दै औसत परिणाम अन्य क्षेत्रको तुलनामा कमजोर रहेको उल्लेख गरे। उनले शिक्षामा पछि परेकाहरू अन्य क्षेत्रमा पनि पछि पर्ने बताए।

आफूहरूको राजनीतिक संघर्ष स्मरण गर्दै उनले मधेस अधिकारका लागि लामो समयदेखि लड्दै आएको उल्लेख गरे। साथै, बिना संघर्ष पनि नेतृत्वमा पुगेका केही उदाहरणसँग तुलना गर्दै उनले राजनीतिक यात्रा र संघर्षबारे टिप्पणी गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय