देश प्रयोगशाला जस्तै बन्यो : पूर्वराजा ज्ञानेन्द्र शा

spot_img

काठमाडौं,३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाह ले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल “प्रयोगशाला जस्तै” बनेको टिप्पणी गरेका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा उनले राजनीतिक प्रणाली र राज्य संरचनामा पटक–पटक भएका परिवर्तनले देशलाई अपेक्षित विकासतर्फ लैजान नसकेको दाबी गरे। उनका अनुसार निरन्तर प्रयोग, अभ्यास र विकल्प खोज्ने प्रवृत्तिका कारण राष्ट्रले स्थिर प्रगति गर्न नसकेको हो।

शाहले विगतका वर्षहरूमा भएका राजनीतिक परिवर्तनहरूलाई “कोरा परिवर्तन” भन्दै त्यसले राष्ट्रको समग्र समृद्धिमा योगदान गर्न नसकेको टिप्पणी गरेका छन्। उनले देशमा विकासको गति सुस्त भएको र नागरिकको मनोबल समेत कमजोर भएको उल्लेख गरेका छन्।

उनले युवा पुस्ताको राजनीतिमा बढ्दो सहभागितालाई सकारात्मक संकेतका रूपमा लिँदै पढेलेखेका र प्रविधिमा दक्ष युवाहरूले राष्ट्र निर्माणमा योगदान दिन सक्ने विश्वास व्यक्त गरे।

सन्देशमा उनले देशको आर्थिक अवस्था सुधार, छिमेकी तथा मित्रराष्ट्रसँग सम्बन्ध सुदृढीकरण र आन्तरिक सुरक्षा प्रणाली मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

साथै, निषेध, द्वन्द्व र विभाजनले राष्ट्र कमजोर हुने भन्दै आपसी सद्भाव र एकतामा जोड दिनुपर्ने उनले बताएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय