नवनिर्वाचित उपसभामुख रुवी ठाकुरले सम्हालिन् पदभार

spot_img

काठमाडौं,३० चैत । रुवी कुमारी ठाकुर ले प्रतिनिधिसभाको उपसभामुखको रूपमा सोमबारदेखि औपचारिक रूपमा पदभार सम्हालेकी छन्।

गत चैत २७ गते प्रतिनिधिसभाबाट उपसभामुखमा निर्वाचित भएकी ठाकुरले सिंहदरबारस्थित उपसभामुखको कार्यालय पुगेर कार्यभार ग्रहण गरेकी हुन्। पदभार सम्हाल्ने क्रममा उनले संसदीय प्रक्रियालाई अझ व्यवस्थित र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

पदभार ग्रहणसँगै उनले सभामुख डीपी अर्याल सँग शिष्टाचार भेटसमेत गरेकी छन्। भेटमा सभामुख अर्यालले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

सभामुखको सचिवालयका अनुसार भेटका क्रममा संसद् सञ्चालन, समन्वय र आगामी संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रारम्भिक छलफल भएको थियो।

मधेस प्रदेशबाट उदाउँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी ठाकुरको उपस्थितिले संसद्को समावेशिता र महिला नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय