spot_img

बारामा ब्राउन सुगरसहित भारतीय र नेपाली युवक पक्राउ

spot_img
spot_img

बीरगन्ज,२२ जेठ । बाराको बिश्रामपुर गाउँपालिका क्षेत्रमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक र एक नेपाली युवक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार बरैनिया बजार क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। कारबाहीमा इलाका प्रहरी कार्यालय प्रसौनी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र इलाका प्रहरी कार्यालय छतवाको टोली संलग्न थियो।

प्रहरीका अनुसार भारतको मोतिहारी जिल्ला हरपुर पञ्चायत–६ का २१ वर्षीय राकेश कुमार साहले पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका २० वर्षीय अजित पटेललाई ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो।

शरीर खानतलासीका क्रममा राकेशको खल्तीबाट सेतो प्लास्टिकमा प्याक गरिएको १७.३९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, घटनास्थलबाट BR05BT3756 नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवै जना, बरामद लागुऔषध र मोटरसाइकललाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय छतवामा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय