काठमाडौँ,२४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
सङ्गठनले सर्वोच्च अदालतले नेपाली नागरिकलाई विदेशी सेनामा भर्ती सम्बन्धी विषयमा दिएको निर्देशनात्मक आदेश सरकारबाट तीन वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै विरोध प्रदर्शन गरेको जनाएको छ।
विगेसोका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गते जारी गरिएको अदालतको आदेशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन गराउन दबाब स्वरूप प्रदर्शन गरिएको बताए।
प्रदर्शनका क्रममा सहभागीहरूले मानवअधिकारको सम्मान, सर्वोच्च अदालतको आदेश कार्यान्वयन तथा गोर्खा पहिचानको संरक्षणको माग राख्दै विभिन्न प्लेकार्ड...
काठमाडौँ,२४ माघ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै शनिबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
सङ्गठनले सर्वोच्च...