काठमाण्डौ,२१ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोश्रो संस्करणको ट्रफी टुर गर्ने भएको छ । आज विराटनगरबाट शुरू हुन लागेको ट्रफी टुर सुदूरपश्चिमसम्म पुग्नेछ ।
एनपीएलको ट्रफीलाई ग्लोबल वार्मिङ र वातावरण संरक्षणसँग जोडिएको क्यानका सचिव पारस खड्काले बताएका छन् । कोशी प्रदेशको टोली विराटनगर किङ्ग्सबाट शुरू हुने ट्रफी टुर त्यसपछि पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको प्रदेश मधेश पुग्नेछ । मधेशबाट चितवन राइनोज हुँदै काठमाण्डौ गोर्खाजले राजधानी काठमाण्डौमा भित्र्याउनेछ । त्यसपछि पोखरा, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिम प्रदेश पुग्नेछ । सुदूरपश्चिम रोयल्सले ट्रफी टुर गरेसँगै टुर...