काठमाडौँ,१७ माघ । खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो । माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ ।
सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको भाउ अस्वाभाविक रूपमा बढेकाले कारोबार गर्न नै समस्या रहेको गुनासो गरे । ससानो पुँजी लगानी गरेर आमउपोक्ताको घरछेउसम्म सेवा दिने हामी व्यवसायीले दिनदिनै भाउ बढ्यो भनेर उपभोक्तासँग कसरी कारोबार गर्ने ? उनले प्रतिप्रश्न गरे ।
सो सङ्घका वरिष्ठ...