Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

राष्ट्रपति भण्डारीको चीन डायरी : चिनियाँ राष्ट्रपतिले भने, ‘नेपाल जस्तो सुन्दर देशको भ्रमण गर्नु अहोभाग्य’

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको आज छैठौँ दिन तथा बेइजिङ बसाईको पाँचौँ दिन बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त रह्यो।

- Advertisement -

बेइजिङमा आयोजना भएको बेल्ट एण्ड रोड फोरमको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अप्रिल २४ गते चीनको सान्सी प्रान्त हुँदै बेइजिङ पुगेकी राष्ट्रपति भण्डारीको राजकीय भ्रमण आजैदेखि सुरु भयो।

अप्रिल २४ गते सान्सी प्रान्तको सियान पुगेकी भण्डारीसँग त्यहाँका गर्भनरले भेटवार्ता गरेका थिए। बिहीबार सियानबाट बेइजिङ पुगेकी भण्डारीले शुक्रवार र शनिबार बेइजिङमा आयोजना भएको बीआरएफ सम्मेलनमा सहभागिता जनाइन्।

- Advertisement -

आइतबार उनले बेइजिङमा आयोजना भएको अन्तर्राष्ट्रिय बागवानी सम्मेलनको उद्घाटन सत्रमा सहभागी भइन्।

आज सोमबार राष्ट्रपति भण्डारीको राजनीतिक भेटवार्ता सुरु भयो। आजै राष्ट्रपति भण्डारीले चिनियाँ नेता माओ त्से तुङको समाधिस्थल पुगेर श्रद्धाञ्जली व्यक्त गरिन।

आजै राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिस्ट पार्टीका अनुशासन विभागका प्रमुख चाओ लेजीसँग भेटवार्ता गरिन्। उनको सम्मानमा प्रमुख चाओले भोजको आयोजना गरेका थिए।

भेटवार्ताका क्रममा दुई देशबीचको सम्बन्धको वारेमा चर्चा भएको बेइजिङ स्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति भण्डारीले थियानमिन स्क्वायरमा चीनका शहीदहरुको सम्मान प्रकट गरेकी थिइन्।

राष्ट्रपति भण्डारीलाई ‘गार्ड अफ अनर’

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीलाई बेइजिङको ग्रेट हल परिसरमा सम्मान गारथ ‘गार्ड अफ अनर’सहित चिनियाँ जनमुक्ति सेनाले तोप पड्काएर सलामी अर्पण गरेको थियो।

ग्रेट हलमा राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षी सि जिङपिङले स्वागत गरेका थिए।

आजै ग्रेटहलमा नेपाल चीनबीच द्विपक्षीय वार्ता भएको छ। राष्ट्रपति स्तरमा भएको वार्तामा दुई देशबीच विभिन्न सात वटा सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपाल चीनबीच पारवहान सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको छ। यो हस्ताक्षरसँगै नेपालले चीनियाँ सात वटा बन्दरगाह अन्तर्राष्ट्रिय व्यापारका लागि प्रयोग गर्न पाउने छ।

त्यस्तै नेपालमा चिनियाँ लगानीमा सञ्चालित परियोजनाको कार्यान्वयनका लागि ग्रान्ट एड सटिर्फिकेट हस्तान्तरण गरिएको छ।

द्विपक्षीय वार्ताकै क्रममा भन्सार सम्बन्धी आपसी प्रशासनीक सहयोग तथा साझेदारी सम्बन्धी सहमति पत्रमासमेत हस्ताक्षर भएको छ। दुई देशले गुणस्तर तथा नापतौल सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

आर्थिक तथा प्राविधिक साझेदारी सम्बन्धी सम्झौता तथा बौद्धिक चोरी नियन्त्रण आयात सांस्कृतिक सम्पतिको आयात निर्यातमा सम्बन्धी सम्झौतासमेत भएको छ।

त्यस्तै नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार सम्बन्धी बैठकको माइन्यूटमासमेत हस्ताक्षर भएको छ।

दुई देशबीच भएको आर्थिक तथा प्राविधिक साझेदारी सम्बन्धी सम्झौतामा चीन सरकारले नेपाल सरकारलाई एक बिलियन आरएमबी (साढे १६ अर्ब रुपैयाँ बढी)को सहयोग गर्ने छ। यो रकम दुई देशबीच आपसी सहमतिमा जीवनस्तर सुधार, प्रकोप पछिको पुनःनिर्माण तथा पूर्वाधारमा खर्च हुने छ।

छिट्टै आउने छु नेपाल–सी

यसैबीच चिनियाँ राष्ट्रपति सिसँगको भेटमा राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोसमेत दिएकी छन्।

जवाफमा चिनियाँ राष्ट्रपति सीले भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गर्दै नेपाल जस्तो सुन्दर देशको भ्रमण गर्नु ठूलो महत्त्वको विषय भएको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

चिनियाँ राष्ट्रपति सीले भण्डारीको बीआरएफ सम्मेलन र बागवानी एक्स्पोमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए। उनले एक चीन नीति प्रति नेपालको प्रतिवद्धता प्रति आभार प्रकट गरेका थिए।

राष्ट्रपति सीले हिमाल वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क विस्तारका लागि चीनको प्रतिवद्धता जाहेर गरेका थिए। उनले अन्तरसीमा रेलवेको निर्माणमा चीनको सहयोग रहने बताएका थिए। साथै उनले शिक्षा, पर्यटन, व्यापार र लगानीका क्षेत्रमा द्विपक्षीय साझेदारी प्रति प्रतिवद्धता व्यक्त गरेका थिए।

दुई नेताबीचको भेटमा राष्ट्रपति सीले नेपाल सरकारले अगाडि सारेको ‘सम्वृद्ध नेपाल सुखी नेपाली’को लक्ष्यलाई मूर्त रुप दिनका लागि चिनियाँ सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले नेपालले भ्रमण वर्ष २०२० मनाउन लागेकोमा चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागि प्रोत्साहन गर्ने बताएका थिए।

ताजा समाचार

spot_img

थप समाचार