Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

कालिकामाई गाउँपालिकाको गाडी सधै बेलुका सेकुवा पसलमा पुग्न थाले पाछि …

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज २१ वैशाख – पर्साको कालिकामाई गाउँपालिकाकाका उ  पाध्यक्ष राजेश चौरसिया पालिकाको प्रयोग गर्ने गरेको गाडी दैनिक सेकुवा पसलमा पुग्न थाले पछि जनप्रतिनिधिहरु ीवकास भन्दा सेकुवा तथा जाड रक्सीमा मस्त रहेको स्थानियहरुले बताएका छन् ।

कालिकामाई गाउँपालिकाको उपाध्यक्षले प्रयोग गर्ने गाडी चरम दुरुपयोग भईरहेको स्थानियहरुको भनाई रहेको छ ।
उपाध्यक्ष चौरसिया चढने गाढी दैनिक जसो बिभिन्न सेकुवा घरमा पुग्ने गरेको तथा अबेर राती सम्म सेकुवा पसलहरु अगाडी नै देखिने गरेको प्रत्यक्षदर्शीको भनाईन छ । गाउँपालिकाको गाडी कार्यालयको काममा मात्र प्रयोग गर्न पाइने भनिए पनि उपाध्यक्ष चौरसिया कार्यालय समय सकिए पछि दिनहु सेकुवा पसल पुग्ने गरेका हुन । गाउँपालिकाको बा. २१ च. ४४३८ नम्बरको गाडी चौरसियाले निजी काममा प्रयोग गर्नुको साथै सेकुवा पसल पुगी रक्सी समेत खाने गरेको प्रत्यक्षदर्शीहरुले वताएका छन ।

एक महिना अगाडी मात्र गाउँपालिकाले २ वटा चार पांग्रे गाडी खरिद गरेको थियो । एक करोड भन्दा बढीको लागतमा एउटा स्कारर्पियो र एउटा इसुजु भनिने गाडी गाउँपालिकाले खरिद गरेको हो । जुन गाडी मध्ये अध्यक्ष नथुनी प्रसाद कुशवाहाले स्कार्पियो र उपाध्यक्ष चौरसियाले इसुजु गाडी प्रयोग गर्दै आएका हुन । दुबै जनाले गाउँपालिकाको काम भन्दा निजी काममा बढी गाडीको प्रयोग गर्ने गरेको गाउँ वासीहरुले वताएका छन ।

गाउँपालिकाले खरिद गरेको गाडी हाल सम्म गाउँपालिकाको नाममा नामसारी समेत नभएको स्रोतको दावी छ । गाडी खरिद भएको एक महिना जति भए पनि गाडी कम्पनीको नाममा नै रहेको छ । गाडी नामसारी गराउदा सेतो पलेट हुने भएको डरले जनप्रतिनिधिहरु गाडी नामसारीमा ढलाई गरेका हुन । गाउँपालिकाको कामकाज अगाडी नबढे पनि गाउँपालिका जनप्रतिनिधिहरुले महंगो गाडीमा सायर गर्नुले गाउँवासी आक्रोषित भएका छन । गाउँपालिकामा एमबुलेन्स र दमकल नभए पनि महंगो दामको २ वटा चार पांग्रे गाडी एकै पटक खरिद भएको छ ।

सो सम्बन्ध गापा उपाध्यक्ष चौरिसयाले आफु सेकुवा नखाने गरेको तथा जनताको काम मात्रै गाडी प्रयोग हुने गरेको वताउनु भयो । गाडी जनताको रहेको कारण म मात्र होईन गाउँपालिकाको अन्य सदस्यहरु समेतले गाडी प्रयोग गर्ने गरेको वहाँले वताउनु भयो । गाडी कार्यालय समयमा मात्र प्रयोग हुने गरेको तथा गाउँपालिकाको काममा मात्र प्रयोग हुने गरेकोदावी उपाध्यक्ष चौरसियाले गर्नु भयो ।

ताजा समाचार

थप समाचार