आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
16.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रदेश सरकारले राजधानी घोषणाका लागि ५० विघा जग्गा दिने मेयरको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

विराटनगर, २२ वैशाख — महानगरपालिकाले प्रदेश सरकारको स्थायी संरचना निर्माण गर्न ५० विगाह जग्गा उपलब्ध गराउने भएको छ । सरकार गठन भएको करिब डेढ वर्षपछि सत्तारुढ नेकपाले विराटनगरलाई केन्द्र बनाएर बृहत बिराट क्षेत्रलाई राजधानी बनाउने निर्णय गरेको थियो ।

- Advertisement -

नेकपाको बैठकले विराटनगरसहित इटहरी र गोठगाउँमा प्रादेशिक संरचना निर्माण गर्ने सहमति गरेको छ । प्रदेशको नाममा भने सहमति जुटिसकेको छैन । जारी अधिवेशनबाट राजधानीको विषयमा औपचारिक निर्णय गरेपछि बजेट अधिवेशनमा नामाकरण गर्ने नेकपाको तयारी छ ।

नेकपाले राजधानी विकेन्द्रीकरणको तयारी गरेपछि महानगरपालिकाले ५० बिगाह जमिन प्रदेश सरकारलाई उपलव्ध गराउने निर्णय लिएको मेयर भीम पराजुलीले बताए । मुख्यमन्त्री शेरधन राईले यस प्रदेशमा स्याटेलाइट सिटी निर्माण गर्ने बताउँदै आएका छन् ।

- Advertisement -

विराटनगर– १९ मा स्याटलाइट सिटी निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन ल्यान्ड पुलिङको काम पनि सुरु गरिएको पराजुलीले जानकारी दिए ।

तत्काललाई विराटनगर– १६ मा रहेको विराटनगर जुट मिलको स्वामित्वमा रहेको सरकारी जग्गा, नेशनल ट्रेडिङको करिब ७ विगाह, कोशी प्रोजेक्टमा रहेको १२ विगाह, विराटनगर–५ कोचाखालामा रहेको ५ विगाह, विराटनगर–१९ मा रहेको ६ विगाह सरकारी जग्गा र ल्याण्ड पुलिङ गर्दा प्राप्त हुने जग्गा गरी ५० विगाह उपलब्ध गराउने मेयर पराजुलीले बताए ।

महानगरले विराटनगर १९ मा ल्याण्ड पुलिङ गरी व्यवस्थित सहरी विकासको योजना अघि सारेको छ । ल्याण्ड पुलिङ गर्दा सरकारको नाममा आउने जग्गा पनि प्रदेश सरकारलाई नै हस्तान्तण गर्ने पराजुलीले बताए ।

यसअघि प्रदेश सभाको भवन निर्माण गर्न बिराटनगर ७ स्थित हाटखोलामा अढाई बिगाहा जमिन दिने महानगरले बताएको थियो । ऐतिहासिक विराटनगर महानगरमा प्रशस्त भौतिक पूर्वाधार रहेकोले राजधानी अन्यत्र सारेमा प्रदेशको आर्थिक सम्बृद्धी हासिल गर्न ढिलो हुने महानगरको भनाई छ ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाले राजधानी विकेन्द्रीकृत गर्ने तयारी गरिरहँदा सरोकारवालाहरुले संरचना सारे जनताले दुःख पाउने भन्दै एकै ठाउँमा राख्न सुझाव दिएका छन् ।

विराटनगर महानगरपालिकाले आयोजना गरेको छलफलमा सहभागीले कार्यपालिका एकातिर र व्यवस्थापिका अर्को्तिर सार्दा जनतालाई सेवा लिन झन् कठिन हुने धारणा राखे ।

अर्थशास्त्री भेषप्रसाद धमलाले राजधानी तोकिएको ठाउँमा प्रदेशको संरचानाहरू एकै ठाउँमा हुनुपर्ने विश्वव्यापी मान्यता रहेको बताए । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले प्रदेशको संरचनाहरू छरपस्ट गरी बनाउदा सेवाग्राहीले दुःख पाउने भएकोले एकै ठाउँमा राखेर प्रदेशको राजधानी तोक्न सरकारलाई सुझाब दिए ।

ऐलिट क्बलका अध्यक्ष विश्वनाथ रिजालले ऐतिहासिकता बोकेको विराटनगरलाई राजधानी तोकेर अघि बढ्नुपर्नेमा जोड दिए । बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भौतिक पूर्वाधारको हिसाबले सरकारलाई चाहिने संरचना उपलब्ध रहेकोले नयाँ निर्माणमा लाग्ने खर्च विकासतर्फ लगाउन सकिने बताए ।

नेकपा नेता गुरु बराल, महेश रेग्मी संसद केदार कार्की विन्दिया कार्की लगायतले राजधानी विकेन्द्रीककरण गर्दा जनताले दुःख पाउने भएकाले प्रदेश सरकारले दीर्घकालीन सोच बनाएर अघि बढ्नु पर्ने बताए ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार