Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

आईपीएल फाइनल प्रवेशका लागि चेन्नाई र मुम्बई खेल्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ ।

आफ्नै घरेलु मैदानमा मंगलबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाई जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, मुम्बई पनि चेन्नाईलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।

जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो ।

यता, साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश र्गयो ।

तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो । यसैलाई निरन्तरता दिने लक्ष्यमा मुम्बई रहेको छ । तर चेन्नाई भने लिग चरणमा ब्यहोरेको दुबै खेलको हारको बदला आज लिने दाउमा छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अवे खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो ।

आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बीच प्रतिस्पर्धा हुनेछ ।

ताजा समाचार

थप समाचार