मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025
मङ्लबार, माघ १, २०८१
Tue, January 14, 2025

बीरगंज महानगरपालिकाको डिजिटल बोर्डमा...

बीरगंज । बीरगंज महानगरपालिकाको मुख्य प्रवेशद्वारमा रहेको डिजिटल डिस्प्ले बोर्डमा आपत्तिजनक सामग्री प्रदर्शन...

गढीमाई मन्दिरमा खिचडी पर्वको...

बारा, वीरगञ्ज – माघे सङ्क्रान्ति तथा खिचडी पर्वको अवसरमा बारा जिल्लाको बरियारपुरस्थित गढीमाई...

कलैया उपमहानगरको हिउँदे नगर...

बारा,२९ पुस । बाराको कलैया उपमहानगरपालिकाको १४ औँ हिउँदे नगर सभा सोमबार सम्पन्न...

पर्साको पटेर्वा सुगौलीमा तीन...

बीरगन्ज,२९ पुस । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पहिलो पटक माघी पर्वको अवसरमा माघी...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.7 C
Birgunj
spot_imgspot_imgspot_img

आईपीएल फाइनल प्रवेशका लागि चेन्नाई र मुम्बई खेल्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २४ वैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ ।

- Advertisement -

आफ्नै घरेलु मैदानमा मंगलबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाई जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, मुम्बई पनि चेन्नाईलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।

जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो ।

- Advertisement -

यता, साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश र्गयो ।

तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो । यसैलाई निरन्तरता दिने लक्ष्यमा मुम्बई रहेको छ । तर चेन्नाई भने लिग चरणमा ब्यहोरेको दुबै खेलको हारको बदला आज लिने दाउमा छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अवे खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो ।

आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बीच प्रतिस्पर्धा हुनेछ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार