Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025
Date
मङ्ल, बैशाख १६, २०८२
Tue, April 29, 2025

प्रतिनिधिसभामा शिक्षक आन्दोलनबारे गम्भीर...

काठमाडौँ,१६ वैशाख । प्रतिनिधिसभाको आजको बैठक विपक्षी सांसदहरूको विरोधका साथ सुरु भयो। बैठक...

नेपाली बजारमा सुनको मूल्यमा...

काठमाडौं,१६ वैशाख । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल...

सर्लाहीमा घरेलु विवादले लियो...

जनकपुर,१६ वैशाख । सर्लाही जिल्लामा घरेलु विवादले एक महिलाको ज्यान गएको छ। बिष्णु...

भारतमा गाडी इनारमा ...

काठमाडौँ,१६ वैशाख ।  भारतको मध्य प्रदेश राज्यमा गम्भीर सवारी दुर्घटना हुँदा १२ जनाले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
30.6 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल भारत सिमा तीन दिनका लागि बन्द

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज, २६ वैशाख – यहि मे १० देखि १२ तारिखसम्म बिहार हुन लागेको तेस्रो चरणको लोकसभा निवार्चनका लागि नेपाल भारत सिमा तीन दिनका लागि बन्द हुने भएको छ ।
निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म नेपाल भारतको सीमा नाका बन्द हुने भएको हो ।

- Advertisement -

तीन दिनसम्म देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका र सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाका पनि बन्द हुनेछ ।

भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार विगतमा ४८ घण्टा सीमा बन्द गर्ने गरिएको भए पनि दुवै पक्षको सहमति र समन्वयमा अबदेखि निर्वाचनको समयमा ७२ घण्टा सीमा नाका बन्द हुनेछ ।

- Advertisement -

‘विगतमा पनि निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गरेर सीमा बन्द गर्ने गरिएकै हो, यसपालि पनि त्यस्तै हुँदैछ । वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द गरेर सहयोग गर्न भारतीय पक्षले पत्राचार गरेको छ, उनीहरुले अत्यावश्यक पेट्रोलियम पदार्थ नरोक्ने भनेका छन्’ उनले भने ।

पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ ।

त्यसैगरी सीमावर्ती शहरमा प्रशारणमा रहेका मिडियालाई मौन अवधिमा प्रचार प्रसार नगरिदिन पनि भारतीय पक्षले पत्र मार्फत आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

भारतीय लोकसभा निर्वाचनलाई लिएर पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको थियो ।

बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । भारतीय राजनीतिमा बिहारले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किनकी लोक सभाको ५ सय ४३ सदस्यमध्ये ४० जना यहीबाट चुनिने गरेका छन् ।

पटना राजधानी शहर भएको बिहारको उत्तरमा नेपाल, पूर्वमा भारतकै पश्चिम वंगाल, पश्चिममा उत्तर प्रदेश र दक्षिणमा झारखण्ड राज्य पर्छ । मौर्य वंशको उदय बिहारको मगधबाट नै भएको मानिन्छ । बिहारबाट सन् १९३६ मा ओडिशा र सन २००० मा झारखण्ड अलग भएको थियो ।

बिहार राज्यको नाम बौद्ध भिक्षुहरु बस्ने ठाउँ बिहारको नामबाट राखिएको हो । बिहारका बासिन्दाको मुख्य पेशा कृषि हो, बिहारमा जम्मा ११ प्रतिशत मानिस मात्रै शहरी क्षेत्रमा बसोबास गर्छन् । बिहारमा अहिले नितिश कुमारको नेतृत्वमा एनडीएको सरकार छ ।

ताजा समाचार

spot_img

थप समाचार