spot_img

डीभी पर्यो अब के गर्ने भन्ने द्धिविधामा हुनुहुन्छ ? यसो गर्नुहोस्

spot_img
spot_img

काठमाण्डौँ । विश्वका धेरै नागरिकको सपनाको देश हो, अमेरिका। नेपाल मात्र होइन, विश्वका धेरै देशका नागरिकले अमेरिकालाई आफ्नो सपनाको देशको रुपमा लिने गरेका छन्।

अमेरिकाले नेपाल, भुटानलगायत विभिन्न देशका नागरिकका लागि इलेक्ट्रोनिक डाइभरसिटी भिसा ९ई–डीभी०बाट आफ्नो देशमा प्रवेश दिने अवसर पनि दिएको छ। धेरै नेपाली बर्सेनि डीभी चिठ्ठामार्फत अमेरिका प्रवेश पनि गरेका छन्।

भर्खरै ई–डीभी ९२०१८० को नतिजा पनि सार्वजनिक भएको छ। डीभी चिठ्ठा पर्नेहरु ‘अबको प्रक्रिया के होला रु’ भनेर अलमलमा पनि परिरहेका हुन्छन्। तपाईंलाई डीभी चिठ्ठा परेको भए त्यतिकै अमेरिका जान भने तपाईंले पाउनुहुने छैन। तपाईँले अमेरिका प्रवेश गर्न अन्य दुई आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

डीभी चिठ्ठा पर्नु भनेको तपाईं पहिलो इन्ट्रान्समा पास हुनु हो । त्यसपछि तपाईंको आवश्यक कागजताको ‘भेरिफाई’ गरिन्छ । त्यसका लागि तपाईंले आफ्ना कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । तपाईंको कागजात पूर्ण भएमा तपाईंले अन्तरवार्ताका लागि अर्को ‘डीएस–२६० फर्म’ भर्नुपर्ने हुन्छ । त्यसपछि अन्तरवार्ताको मिति तय हुन्छ । अन्तरवार्तापछि तपाईंको भिसाको तयारी गरिन्छ ।

तपाईंले ई–डीभीको नतिजा प्रकाशन भएपछि सकेसम्म चाँडो त्यो फर्म भर्नुपर्ने हुन्छ । तपाईंको अन्य कागजातसहितको प्रक्रिया त्यसपछिका चरणहरु हुन्छन ।

अन्य देशमा प्रवेश गर्नु भनेको नयाँ जीवन सुरु गर्नु हो । त्यहाँ तपाईंले ठाउँदेखि, संस्कार, कानून, व्यवस्थालगायतको जानकारी सिक्नुपर्छ । डीभी मार्फत अमेरिका प्रवेश पाए पनि जाने–खाने–बस्ने व्यवस्था तपाईंको आफ्नै खर्चमा गर्नुपर्ने हुन्छ ।

डीभी परेपछि अमेरिका जान त्यति सजिलो भने छैन । सबैभन्दा पहिला तपाईंले भाषा सिक्दा राम्रो हुन्छ । अमेरिकामा बोलिने भाषा भनेको अंग्रेजी हो । भाषामा तपाईँ दख्खल हुनुभयो भने तपाईंलाई धेरै नै सजिलो हुन्छ ।

त्यसपछिको चरण भनेको सीप हो । सीप काम गर्नको लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । नेपालमा नर्सिङ, होटेल म्यानेजमेन्ट, इन्जिनियर्सजस्ता ‘टेक्निकल’ विषयमा तपाईंले अध्ययन गर्नुभएको छ भने त्यसले तपाईंलाई अमेरिकामा केही सहज बनाउँछ । अन्य विषयको अध्ययन पनि महत्वपूर्ण हुन्छ नै तर अमेरिका प्रवेश गरेर जागिर पाइहाल्न भने अन्य विषय अध्ययन गरेकालाई त्यति सहज छैन ।

तपाईंले ‘टेक्निकल’ शिक्षा लिनुभएको छैन भने पनि आत्तिनुपर्ने अवस्था हुँदैन। भाषा पछि तपाईंले सीप सिक्न जरुरी छ। सीप सिकेपछि तपाईंलाई अमेरिकामा जागिर पाउन केही हदसम्म सहज हुन्छ। सुरुको अवस्थामा तपाईंले कुकिङ, होटल म्यानेजमेन्ट, अभरसियर, आर्किटेक्टजस्ता क्षेत्रमा अमेरिकामा जागिर पाउन सहज हुन्छ।

अमेरिकामा कामलाई निकै महत्व दिइन्छ। सबै कामलाई समान रुपमा लिइन्छ। तपाईं कडा परिश्रम गर्न मानसिक रूपमा तयार हुनैपर्छ।

अमेरिकामा कानून सबैभन्दा महत्वपूर्ण हुन्छ। नेपालमा कुनै आपराधिक गतिविधिमा संलग्न हुनुहुन्छ भने डीभी परे पनि तपाईंको अमेरिका बसाइको सपना, सपना मात्रै हुन्छ । अपराधिक गतिविधिमा अमेरिका कठोर बनिरहेको छ।

आफन्त अमेरिकामा बसोबास गर्ने भए तपाईंलाई त्यसले झनै सहज बनाउने छ। नेपालका लागि अमेरिकी राजदूतावासको कार्यालयमा गएर अन्य प्रक्रियाको बारेमा तपाईंले जानकारी लिन सक्नुहुन्छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय