[ndc-today-date]
[ndc-today-date]

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआर्पी)को समीक्षा बैठक सम्पन्न

spot_imgspot_img
spot_img

सिफारिस

ठोरी गाउँपालिका ४ मा रहेको ज्ञान ज्योति आधारभूत बिद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआर्पी)को समीक्षा बैठक सम्पन्न भएको छ।

- Advertisement -

विद्यालय व्यवस्थापन अनुदान अन्तरगत इजिआरपिले सो विद्यालयमा सन्चालन गरेका विविध कार्यक्रमहरुको समीक्षा गर्न आज सरोकारवालाहरुको बैठक बसेको प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा पाख्रीनको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकमा बोल्ने बक्ताहरुले इजिआरपीले सन्चालन गरेका कार्यक्रमहरु प्रभाकारी भएको बताए।कार्यक्रममा बोल्दै ठोरी गाउँपालिकाकी बोर्ड सदस्य कान्छीमाया पाख्रीनले इजिआरपीले सन्चालन गरेका कार्यक्रमहरु प्रभावकारी भएको बताउदै आगामी दिनमा गाउँपालिकाको तहबाट कार्यक्रम सफल पार्न गर्न सकिने सहयोगमा आफुले पहल थाल्ने प्रतिबद्धता व्यक्त गरिन ।सोही कार्यक्रममा इजिआरपिका क्षेत्रीय संयोजक दिनेश सन्जेलले इजिआरपी नेपाल सरकारकै कार्यक्रम भएकाले आगामी दिनमा अझै यसलाई प्रभावकारी ढङ्गले लागू गर्न अभिभावक ,शिक्षक र स्थानीय सरकार सबैको जिम्मेवारी हुने जिकिर गरे।त्यसैगरि कार्यक्रममा आफ्नो भनाइ राख्दै विव्यस अध्यक्ष तारा पाख्रीनले इजिआरपीले ल्याएको सकारात्मक परिवर्तनको चर्चा गर्दै कार्यक्रम सफल बनाउन भुमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरे।कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले विद्यालय व्यवस्थापन अनुदान अन्तरगत विद्यालयले सन्चालन गरेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए।उनले बिद्यालयले १,२र ३ कक्षामा रङ्गिन भित्ते लेखन,कार्पेटको व्यवस्था ,लो टेबलको व्यवस्था ,दौँतरी शिक्षा कार्यक्रम सन्चालन,घुम्ती पढाई कुना कार्यक्रम ,पढाई उत्सव ,अभिभावक सम्मेलन जस्ता विभिन्न कार्यक्रमहरुको आयोजना गरेको कार्यक्रममा सुनाए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका धन बहादुर तामाङ,सामाजिक परिचालक अजय राम,विव्यस पदाधिकारी ,अभिभावक ,शिक्षक लगायतको उपस्थिति थियो।

ताजा समाचार

spot_img

थप समाचार