spot_img

ब्रम्हपुरी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन अनुदान सम्झौता सम्पन्न

spot_img
spot_img

पहिलो चरणमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजिआरपी)लागू भएको ठोरी गाउँपालिका ३ मा रहेको ब्रम्हपुरी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन अनुदान सम्झौता सम्पन्न भएको छ।आज विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवलाल श्रेष्ठ र इजिआरपिका क्षेत्रीय निर्देशक सन्जय कुमार गुप्ताले सम्झौतामा हस्ताक्षर गरेको प्रधानाध्यापक सुर्य बहादुर खड्काले जानकारी दिए।Image may contain: one or more people, people sitting and indoor

सम्झौता हस्तान्तरण भएसंगै अब सो विद्यालयले एकमुष्ट रु २ लाख अनुदान प्राप्त गर्ने प्रधानाध्यापक खड्काले बताए ।विद्यालय व्यवस्थापन अनुदान अन्तरगत प्राप्त हुने उक्त रकमले कक्षा १ ,२ र ३ को कक्षाकोठामा भित्तेलेखन गरिने ,त्यसैगरी ३ ओटै कक्षामा कार्पेट,लो टेबल,बूक र्याक लगायतको पनि व्यवस्था गरिने उनले जानकारी दिए ।यस्तै कक्षाकोठाको भौतिक व्यवस्थापनसंगै घुम्ती पढाई कुना,पढाई उत्सव,अभिभावक सम्मेलन ,दौँतरी शिक्षा जस्ता विद्यार्थी र अभिभावक लक्षित विविध कार्यक्रमको पनि आयोजना गरिने सम्झौतामा उल्लेख भएको प्रधानाध्यापक खड्काले जानकारी दिए ।

ठोरी ३ का वडा अध्यक्ष सुर्य बहादुर लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा इजिआरपिका क्षेत्रीय निर्देशक गुप्ता ,सामाजिक परिचालक अजय राम,स्थानीय अगुवा राम श्रेष्ठ ,विद्यालय व्यवस्थापन समिति र राष्ट्रिय प्रारम्भिक कक्षा पढाई उपसमितिका पदाधिकारी लगायत शिक्षक/शिक्षिकाहरुको उपस्थिति थियो।

ठोरी गाउँपालिकामा गत शैक्षिक सत्रमा नै सखुवाटी प्रावि सुवर्णपुर,श्री मावि विजयवस्ती,ज्ञान ज्योति आवि घ्याङडाडा र श्री सरस्वती मावि ठोरीले इजिआरपी अन्तरगतको विद्यालय व्यवस्थापन अनुदानमा पर्ने विविध कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय