spot_img

अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमायाक एण्ड यति हाेटलबाट १२ भारतीय नियन्त्रणमा

spot_img
spot_img

काठमाडौँ — अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमा याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

  • महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागकाे टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेकाे सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।उनीहरुले दुबई मुख्य कार्यालय रहेकाे नेटवर्किङ कम्पनीकाे भारतकाे लखनउमा शाखा कार्यालय रहेकाे र त्यँहीबाट सुन, रियलस्टेट लगायतका व्यवसाय संचालन गर्ने भन्दै प्रशिक्षण दिएकाे पाइएकाे छ ।

    शुक्रबार हाेटलमै २ सयजना बढीलाई प्रशिक्षण दिएकाे खुलेकाे छ। प्रशिक्षणमा सहभागी भएका १५/२० जना नेपाली र अन्य भारतीयभएकाे पाइएकाे छ। उनीहरुले न्यूनतम १२५० डलर जम्मा गर्नुपर्ने र त्यति नै रकम कम्पनीले हालेर नेटवर्किङ व्यवसायमा सहभागी हुन पाउने याेजना बनाएका थिए।

    पक्राउ परेका माथि छानबिन चलिरहेकाे महानगरीय प्रहरी परिसरका डीएसपी हाेबिन्द्र बाेगटीले बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय