शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

प्रहरीको कुटाइबाट बैतडीमा ७४ वर्षीय बृद्धको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १ ज्येष्ठ — प्रहरीको कुटाइबाट बैतडीको पाटन नगरपालिका वडा न.६, भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको मृत्यु भएको छ ।

- Advertisement -

 

इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी नायब निरक्षक असोक बहादुर पालको नेतृत्वमा खटिएको टोलीले सोमबार राति पन्तको घरमै गएर कुटपिट गरी हत्या गरेको पारवारिक स्रोतको दाबी छ ।

- Advertisement -

मृतक पन्तका ४० वर्षीय छोरा लवदेव पन्तको सोही दिन साँझ स्थानीय बजारमा होटल मालिक शान्ति पन्तसँग मदिरा सेवन गर्दा समान्य विवाद भएको थियो । पसल मालिक शान्तिले इलाका प्रहरी कार्यालय पाटनलाई खबर गरेपछि पन्तलाई पक्राउ गर्न प्रहरी नायब निरक्षक पाल, ज्ञानसिहं धामी, टुकराम राना, दानसिहं भण्डारी र भुपेन्द्र महरासहित ५ जनाको टोली मध्यरातमा पन्तको घर पुगेको आफन्त हरिदत्त पन्तले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणि गिरीले सोही विवाद मिलाउन प्रहरी टोली घटनास्थल पठाइएको तर प्रहरीको कुटाइबाट मृत्यु भए नभएको पोष्टमार्टमपछि मात्रै पुष्टि हुने बताउनुभयो । मृतक पन्तको शव पाटन स्वास्थ्य कार्यालयमा राखिएको र आजै पोष्टमार्टम गरिने डिएसपी गिरीले जानकारी दिनुभयो ।

पीडित पन्त परिवारले घटनामा संलग्न प्रहरीलाई कारबाही र पीडित पक्षलाई उचित क्षतिपुर्तिको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -