Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...

काठमाडौं महानगरले पर्यटन प्रहरी...

काठमाडौं,०६ जेठ । काठमाडौं महानगरपालिका नगर प्रहरी बलले पर्यटन प्रहरी सेल गठन गरेको...

एमाले महासचिव पोखरेलद्वारा राजावादी...

काठमाडाैं,०६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी जेठ १५ देखि सुरु...
spot_imgspot_imgspot_img
23.2 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

पछिल्ला १० दिनमा १० हजारभन्दा बढी ठाउँमा डढेलो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ —  मुलुकका विभिन्न क्षेत्रका जंगलमा बढ्दो तापक्रमसँगै पछिल्ला १० दिनमा १० हजारभन्दा बढी ठाउँमा डढेलो लागेको पाइएको छ ।

- Advertisement -

 

धेरैजसो डढेलो पश्चिम तराई क्षेत्रका जंगलमा लागेको पाइएको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष एवं डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार चैत महिनामा पूर्वी क्षेत्रको जंगलमा बढी डढेलो लागेको थियो भने वैशाखयता पश्चिम क्षेत्रमा बढी देखिएको छ । उहाँका अनुसार २७ वैशाखमा अहिलेसम्मकै सबभन्दा बढी एकै दिन २ हजार ४ स्थानमा डढेलो लागेको थियो ।

- Advertisement -

यो वर्ष प्रि–मनसुन सक्रिय भएको भनिए पनि वर्षा (पानी) भन्दा हावाहुरी बढी भएकाले डढेलोको प्रकोप बढेको हो । गर्मी बढेसँगै हावाहुरी लागे डढेलोको झनै सम्भावना बढी हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार पश्चिमी क्षेत्रका नेपालगन्ज, धनगढी, सुर्खेत, दाङ, भैरहवा, दिपायल, डडेलधुरा लगायत क्षेत्रको तापक्रम ३७ देखि ४० डिग्रिसेल्सियससम्म रेकर्ड भएको छ ।

२७ वैशाखमा ४३ जिल्लामा डढेलो लागेको थियो । त्यस दिन कैलालीमा ३९७, दाङमा २८७, सुर्खेतमा २२०, डडेलधुरामा १५९, बर्दियामा १५८, सल्यानमा १३९, कञ्चनपुरमा १३७, डोटीमा ११२, अर्घाखाँचीमा ७६, प्यूठानमा ६९, अछाममा ६६, बाँकेमा ५४, गुल्मीमा २१, धादिङमा १७, कपिलवस्तुमा १६, दैलेखमा ९, बागलुङमा ४, बैतडीमा ६ र रूपन्देहीमा ७ स्थानमा डढेलो लागेको थियो । मकवानपुर, पाल्पा, सिन्धुली, भोजपुर, गोरखा, झापा, नवलपरासी, ताप्लेजुङ, बारा, चितवन, दार्चुला, दोलखा, काभ्रे, कालिकोट, ललितपुर, मुगु, पाँचथर, पर्सा, रोल्पा, रुकुम, सुनसरी र उदयपुरमा भने एकाध स्थानमा मात्र डढेलो लागेको थियो । त्यस दिन पूर्वी क्षेत्रका जिल्लामा खासै डढेलो थिएन ।

वैशाख अन्तिम साताभर पश्चिमका विभिन्न जिल्लामा अत्यधिक मात्रामा डढेलो लागेको देखिन्छ । २३ वैशाखमा ७९८, २४ वैशाखमा ९००, २५ वैशाखमा १७४३, २६ वैशाखमा १६७०, २८ वैशाखमा ६६०, २९ वैशाखमा १०१९, ३० वैशाखमा ५१४ र ३१ वैशाखमा ५२५ स्थानमा डढेलो लागेको अमेरिकी भूउपग्रह ‘मोडिस’को तस्बिरले देखाएको छ । बुधबार भने ३६८ स्थानमा डढेलो लागेको छ ।

बुधबार सबैभन्दा बढी चितवनमा ६६, कैलालीमा ५१, दाङमा ४३, बर्दियमा ३५, सुर्खेतमा ३१, नवलपरासीमा २६, बाँकेमा २४, कपिलवस्तु, सल्यान र प्यूठानमा १३, डडेलधुरामा १०, डोटी र कञ्चनपुरमा ७, मकवानपुरमा ६, अर्घाखाँची र पर्सामा ५, रूपन्देहीमा ४, धादिङ, पाल्पा र सिन्धुलीमा २, अछाम, रुकुम र सर्लाहीमा १ स्थानमा डढेलो लागेको छ । सन् २००५ देखि अहिलेसम्म डढेलोमा परेर १०३ जनाको ज्यान गएको छ । ९० जना घाइते भएका छन् । डढेलोका कारण ६४७ घर जलेका छन् । २००५ यता २०१७ मा बाहेक हरेक वर्ष डढेलो लागेको छ ।

सन् २००९ मा सबभन्दा बढी ४९ जनाको डढेलोमा परेर ज्यान गएको थियो । ९ जना घाइते भएका थिए । त्यही वर्ष रामेछापमा डढेलो नियन्क्रण गर्नेत्रममा १३ जना नेपाली सैनिकको ज्यान गएको थियो । २००९ मा २ हजार १ सय ३७ स्थानमा डढेलो लागेको थियो । सन् २००८ मा १ हजार ४ सय ७८, २०१० मा २ हजार ७ सय ९३, २०११ मा १ हजार ६ सय १३, २०१२ मा ३ हजार ३ सय ४६, २०१३ मा २ हजार १ सय ८, २०१४ मा १ हजार ३ सय ६ र २०१५ मा ६ सय ६१ स्थानमा डढेलो लागेको थियो । २०१७ र २०१८ मा धेरै डढेलो लागेको थिएन ।

शर्माका अनुसार डढेलोमा परेर वार्षिक सरदर ९ जनाको ज्यान जाने गरेको छ भने ७ जना घाइते हुने गरेको देखिन्छ ।

अध्ययन अनुसार नेपालमा ६४ प्रतिशत डढेलो मानिसले घाँस पलाउने आसले जानीजानी लगाउने गरेका छन् । ३२ प्रतिशत डढेलो लापरबाही र ४ प्रतिशत अन्जानका कारण लाग्ने गरेको छ । विदेशमा ज्वालामुखी विस्फोट, चट्याङबाट पनि डढेलो लाग्ने गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार