बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025
बिहिबार, माघ २४, २०८१
Thu, February 6, 2025

५४ लाख धरौटीमा लामिछानेलाई...

चितवन, २४ माघ । साहारा बहुउद्देश्यीय सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका...

डब्ल्यूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा,...

एजेन्सी, २४ माघ । ब्यूनस आयर्स — अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

मधेशमा प्रदेश लोकसेवाद्धारा ५२...

जनकपुर, २४ माघ । मधेश प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती वन सेवाको सहायक...

बाराको इटियाहीमा श्री शिवशक्ति...

वीरगन्ज,२४ माघ । बाराको विश्रामपुर गाउँपालिका-५ इटियाहीमा बिहीबारदेखि श्री शिवशक्ति कोटी होम महायज्ञ...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
10.7 C
Birgunj
spot_imgspot_imgspot_img

मिडिया काउन्सिल विधेयकविरुद्ध देशभरका पत्रकार आन्दोलनमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३ जेठ
संघिय सरकारको मिडिया काउन्सिल विधेयक मिडिया र प्रदेश सरकारले संसदमा दर्ता गरेको संचार सम्बन्धि बिधेयकको बिरोधमा नेपाल पत्रकार महासंघ केन्द्रि समितिले घोषणा गरेको अन्दोलनका कार्यक्रम अन्तरगत काठमाण्डौं सहित देशै भरीका पत्रकार तथा संचारकर्मीहरु प्रदर्शनमा उत्रिएको छ ।

- Advertisement -

काठमाण्डौंका पत्रकारहरुले मिडिया बिधेयक तथा संचार बिधेयकको बिरोधमा संसद भवन अगाडी प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आह्वानमा राधजानीका विभिन्न मिडियामा आवद्ध पत्रकाहरुले उक्त विधेयक फिर्ता हुनु पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले कालो पट्टी मुखमा बाँधेर क्यामेरा भुँईमा राख्दै विरोध जनाएका थिए । पत्रकाररिता अपराध होइन भन्ने लेखिएको विभिन्न प्ले कार्ड समेत उनीहरुले बोकेका थिए ।
यसै क्रममा पर्साका पत्रकारहरुले पनि जिल्ला सदरमुकाम वीरगन्जमा प्रदर्शन गरेको छ । पर्सेली पत्रकार तथा संचारकर्मीले जिल्ला प्रशासन कार्यालय अगाडी क्यामरा, भ्वास रेकर्डर,कपि,कलम लगायतका समाग्रीहरु वाटोमा राखेर प्रदर्शन गरेका हुन । प्रदश नं. २ का जिल्लाहरुमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता हन्न गर्न खाजेको भन्दै सरकारले बिधेयक खाजेर नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रदर्शन पछि पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहानले सरकारले पत्रकारहरुलाइ नियन्त्रण गर्न खोजेको तथा पत्रकारहरुकै सहयोगमा देशमा आएको लोकतन्त्र लाई हनन गर्न खोजेको बताउनुभयो । यो सरकार फटाहा सरकार रहेको भन्दै अबिलम्ब संघिय सरकार र प्रदेश सरकारले ल्याउन खोजेको पत्रकार बिरोधी बिद्येयक खारेजीको माग गर्नुभयो ।

- Advertisement -

त्यसैगरी नेपाल पत्रकार महासंघ प्रदेश न. २ का उपाध्यक्ष केसि लामिछानेले सरकार निरंकुशता तर्फ अगाडि बढेको बताउँदै सरकारले सन्चारगृहको सामाग्रीहरुलाई सेन्सर गर्न खोजेको र कहीँ नभएको कानुन लादेर स्वतन्त्रता लाइ निषेधित गर्न खोजेको आरोप लगाउनुभयो । कार्यक्रमलाइृ सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारहरु कुनै पनि शक्तिको सामु नझुक्ने बताउँदै सरकारले सदनबाटै बिद्येयक खारिज नगरेसम्म पत्रकार महासंघको आन्दोल जारी रहने बताउनुभयो ।

बिरोधको क्रममा जिल्ला प्रशासन कार्यालय पुगेको पत्रकारहरुको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइ तथा पर्साका प्रहरी उपरिक्षक रेवति ढकाललाई नेपाल पत्रकार महासंघको आन्दोलन को बिषयमा जानकारी गरएका छन् । त्यसैगरी गत सोमबार एभिन्युज टेलिभिजनको मध्यामान्चल ब्युरो कार्यालय बीरगंजमा भएको तोडफोडको घटनामा संलग्न रहेको आरोपीहरुको स्थानिय प्रहरी प्रशासनलाइ के गरी रहेको छ भन्ने बारेमा पनि प्रमुख जिल्ला अधिकारी संग जानकारी लिएको छ ।

पत्रकारहरुलाई प्रम्ुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले आरोपीहरुको खोजि कार्य जारी रहेको ढिलो चाँडो पक्राउ गरिने आश्वासन दिनुभएको थियो । आरोपिहरु लुकेर बसिरहेको कारण उनिहरुलाइ पक्राउ गर्न कठिनाइ भइरहेको र खोजि अनुसन्धान भइरहेको बाउनुभयो ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार