spot_img

पेट्रोलियम पदार्थको मुल्य घट्यो

spot_img
spot_img

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही घटाएको छ ।

निगमले पेट्रोलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ भने डिजेलरमट्टितेलमा १ रुपैयाँ घटाएको छ । हवाई ईन्धन र एल.पि.ग्याँसको विक्री मूल्य यथावत रहेको जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु. १०९.५० पैसा पर्नेछ भने डिजेल र मट्टितेलको प्रतिलिटर रु ९७.०० रुपैयाँ कायम गरिएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय