[ndc-today-date]
[ndc-today-date]

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई...

काठमाडौं, ६ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

शिक्षकहरूको रमिता बढी भयो...

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको सडक...

अब वीरगन्ज डुबानमा नपर्ने...

वीरगन्ज,०६ बैशाख । वीरगन्ज महानगरपालिकाले वर्षायाम नजिकिँदै गर्दा सहरलाई डुबानबाट जोगाउन मुख्य नालाको...

मधेसभर तस्करीको सञ्जाल फैलिँदै

वीरगन्ज,०६ बैशाख । मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी नियन्त्रणभन्दा बाहिर गएको देखिएको छ।...
spot_imgspot_imgspot_img
21.1 C
Kathmandu
35.5 C
Birgunj
spot_imgspot_imgspot_img

ने रा आधारभुत बिधालय निर्मलबस्तीलाई पूर्व विद्यार्थीहरुद्वारा सिलिङ पङ्खा तथा फिल्टर हस्तान्तरण

spot_imgspot_img
spot_img

सिफारिस

जेठ ८

- Advertisement -

पर्साको ठोरी गाउँपालिका ४ निर्मलबस्ती स्थित श्री ने रा आधारभुत बिधालय निर्मलबस्तिलार्ई आज एक कार्यक्रमका बिच मा.बी बिजयबस्ती बिधालयका पूर्व विद्यार्थीहरुद्धारा निर्मित ”सहयोगी हातहरु” नामक सस्थाबाट सिलिङ पङ्खा तथा फिल्टर हस्तान्तरण गरेका छन् । । कार्यक्रममा मा.बी बिजयबस्ती बिधालयका पूर्व विद्यार्थीहरुद्धारा वि. सं २०६४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरी हाल विभिन्न ठाउँमा कार्यरत पूर्व विद्यार्थीहरुले आफूहरुबाटै रकम सङ्कलन गरी करिब २५ हजार रुपियाँ बराबरका ८ थान पंखा तथा १ थान फिल्टर खरीद गरी विद्यालयका प्रअ गोपिलाल श्रेष्ठ तथा विव्यसका अध्यक्ष सुब्बालाल दोङ्गलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा श्री ने रा आधारभुत बिधालय निर्मलबस्तीका बिव्यसको अध्यक्ष सुब्बालाल दोङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी वडा न ४ का वडा अध्यक्ष बई बहादुर तामाङ्ग,अतिथिहरुमा वडा न.४का वडा सदस्य धन कुमारी बि क ,बिव्यसका सदस्यहरु पदम बहादुर श्रेष्ठ , शान्ता पाखृन ,खेम कुमारी पान्डे ,शि अ संघका अध्यक्ष बुद्धिलाला गोले सहयोगी हातहरु नामक सस्थाका अध्यक्ष भिम सुनुवार सचिव सानू श्रेष्ठ ,सदस्यहरु महेश श्रेष्ठ,दल बहादुर पाखृन,निमा लामा,राहुल लामा, शिक्षा प्रेमी सिताराम बोम्जन लगाएत अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष तामाङ्गले सहयोगी हातहरु नामक सस्थाले आफ्नो गाउँ ठाउमा केही गरौ भन्ने उदेश्यका साथ आज जुन किसिमले निर्मलबस्तीको आधारभुत बिधालयलाई पंखा र फिल्टर बितरन गरेको छ यो आफैमा सर्हा्निय कार्य भएको बताए । अध्यक्ष तामाङ्गले, शिक्षाको विकासले नै समाजको बिकासको ढोका खोल्ने भएकोले सबै मिलि शिक्षाको बिकास गर्नु पर्ने जिकिर गरे ।

- Advertisement -

यस सस्थाले आगमी दिनहरुमा स्वास्थ, खेलकुद, बिपद व्यवस्थापन,बिपन्न बर्गलाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु ठोरी गाउपालिका भित्र आयोजना गर्ने यस सस्थाका सदस्य महेश श्रेष्ठले प्रष्ट पारेका थियो । संस्थाको सदस्य श्रेष्ठले शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।२०६४ एस एल सि दिएका साथिहरुको समुहले स्थापना गरेको सस्थाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुन्ह लगानी गर्ने बताए । बिधालयका प्र अ गोपिलाल श्रेष्ठले स्वागत मन्तव्य राख्दै बिधालयलाई ८ थान सिलिङ पङ्खा र स्वच्छ पानी पिउनको लागि १ थान फिल्टर प्रदान गर्ने सस्थालाई धन्यबाद दिएका थिए ।

यसअघि ठोरी ४ का मा.बी बिजयबस्तीलाई यस सस्थाले पुस्तकालय स्थापनार्थ पुस्तक तथा पत्रपत्रिका हस्तान्तरण गरे थियो

ताजा समाचार

spot_img

थप समाचार