Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई...

यस्तो छ आज विदेशी...

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

नेपाल र अष्ट्रियाबीच मन्त्री स्तरीय सम्झौता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ९ जेठ – नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरे ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारी पत्रमा उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

उनका अनुसार, समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ।मन्त्री पुनले ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताए ।

मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिँदै त्यसका लागि लगानी र प्राविधिक सहयोगका लागि आग्रहसमेत गरे ।

उनले नेपालमा लगानीको लागि उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत् क्षेत्रमा लगानीको लागि प्रेरित गरिदिन समकक्षी उन्ड्रेसँग आग्रह गरे ।

ताजा समाचार

थप समाचार