Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

कक्षा १२ को परीक्षा...

काठमाडौं, ९ वैशाख । शिक्षकहरूको लगातार आन्दोलनबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

सुनको मूल्य आकासियो,तोलामा २...

काठमाडौँ, ९ वैशाख । नेपाली बजारमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ हजार...

भारतका विद्युत् मन्त्री खट्टर...

काठमाडौं,०९ वैशाख । भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर दुई...

बीरगन्जस्थित नारायणी अस्पतालमा वैशाख...

बीरगन्ज,०९ वैशाख । बीरगन्जस्थित नारायणी अस्पतालले वैशाख महिनाको अन्त्यसम्ममा क्याथ ल्याब (Cath Lab)...
spot_imgspot_imgspot_img
27.1 C
Kathmandu
35.6 C
Birgunj
spot_imgspot_imgspot_img

नेपाल र अष्ट्रियाबीच मन्त्री स्तरीय सम्झौता

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, ९ जेठ – नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गरे ।

- Advertisement -

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।

त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारी पत्रमा उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।

- Advertisement -

उनका अनुसार, समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ।मन्त्री पुनले ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताए ।

मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिँदै त्यसका लागि लगानी र प्राविधिक सहयोगका लागि आग्रहसमेत गरे ।

उनले नेपालमा लगानीको लागि उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत् क्षेत्रमा लगानीको लागि प्रेरित गरिदिन समकक्षी उन्ड्रेसँग आग्रह गरे ।

ताजा समाचार

spot_img

थप समाचार