Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : नेता नेपाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्ने बताएका छन् । विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेको भन्दै उनले सबैलाई मान्य हुनेगरी परिमार्जन गर्नुपर्ने बताएका हुन् ।

नेपालगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भने, ‘विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुस गर्ने गरी अघि बढाउनुपर्छ ।’

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । ‘प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ’, उनले भने, ‘सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम कारवाहीमा अझ लोकप्रियता बढ्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ट पारे । एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै नसक्ने भन्दै उनले भने, ‘जनताका बीचमा राम्रो काम गर्नुस्, जनतामा चेनता जगाउनुस्, तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस् ।’

ताजा समाचार

थप समाचार