spot_img

नरेन्द्र मोदीको बायोपिकले पहिलो दिन नै कमायो दुई करोड

spot_img
spot_img

भारतमा लोकसभा निर्वाचन अघि प्रदर्शनको तयारी गरेको फिल्म ‘पिएम नरेन्द्र मोदी’लाई निर्वाचन आयोगले रोक्यो। फिल्मविरुद्ध सत्ता र शक्ति दुरुपयोगको आरोपसहित उजुरी परेको थियो।

विपक्षीको विरोधपछि निर्वाचन आयोगले मतदान नसकिएसम्मका लागि फिल्म प्रदर्शनमा रोक लगाएको थियो। त्यसैले निर्वाचनको नतिजा सार्वजनिक भए लगत्तै निर्माताहरुले मे २४ देखि फिल्म रिलिज गरे।

फिल्ममा मोदीको भूमिकामा विवेक ओवरोय देखिएका छन्। फिल्ममा मोदीको बाल्यकालमा ट्रेनमा चिया बेच्दादेखि सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत जित हासिल गरेकोसम्मका सफलताको कथा समावेश गरिएको छ। फिल्मलाई उमङ कुमारले निर्देशन गरेका हुन्।

अर्जुन कपुर अभिनित फिल्म ‘इन्डियाज मस्ट वान्टेड’सँगै रिलिज भएको फिल्मले पहिलो दिन बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ।

फिल्म ट्रेड एनालिस्ट गिरिश जौहरका अनुसार फिल्मले पहिलो दिन नै करिव दुई करोड बराबरको कमाई गरेको छ। उनले इन्डियन एक्सप्रेससँग भनेका छन्,’चुनावभन्दा पहिले फिल्म पोलिटिकल एजेन्डाको रुपमा आउन सक्थ्यो। तर, अब यो एक राजनीतिज्ञको बायोपिक मात्र हो।’

उनले मोदीको जितले फिल्ममा पनि सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय