शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्दै मेयर सरवागीले रात्री विद्यालय बन्द गराए, सञ्चालनको माग गर्दा उल्टै थर्काए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज । वीरगंजमा रहेको एक मात्र रात्री माध्यामिक विद्यालय एक्कासी बन्द भएपछि १ सय २० जना विद्यार्थीको भविष्य संकटमा परेको छ । वीरगंज १० गहवामा रहेको रात्रि माध्यमिक विद्यालय नेपाल राष्ट्रिय विद्यालय बन्द भएपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको भविष्य संकटमा परेको हो । विभिन्न कारणले दिउँसोको समयमा अध्ययन गर्न नपाएका विद्यार्थीहरुका लागि स्थापना भएको विद्यालय सूचना जारी नगरिकनै तीन दिन देखि एक्कासी बन्द भएपछि विद्यार्थीहरु चिन्तित बनेका छन् ।

- Advertisement -

मुलुक संघीयतामा गएपछि माध्यमिक तहसम्मका विद्यालय सञ्चालन गर्ने र नियमन गर्ने अधिकार स्थानीय तहले पाएको छ ।

बन्द भएको विद्यालय के कारणले बन्द भएको र यथाशिघ्र सञ्चालनमा ल्याउन माग गर्दै विद्यार्थीहरुले वीरगंज महानगरपालिकाका मेयर विजय सरवागिसँग भेट गरेका थिए । तर मेयर सरवागिले विद्यालय बन्द भएको कारण नखुलाएको र गैरजिम्मेवारपूर्ण जवाफ दिएको विद्यार्थीहरुले गुनासो गरेका छन् । मेयर सरवागिले ढुंगमा टाउको ठोके पनि नहुने भन्दै आफ्नो भविष्यका लागि अरु विद्यालया जान भनेको विद्यार्थीहरुले बताएका छन् ।

- Advertisement -

वीरगंजमा रात्रि पढाई हुने नेपाल राष्ट्रिय विद्यालयको अलवा रात्री माध्यामिक विद्यालयमा निजी पब्लीक नाईट कलेज सञ्चालनमा रहेको छ । उक्त कलेज मेयर सरावगीका आफन्तको रहेको बुझिएको छ ।

आफ्नो आफन्तको विद्यालय सञ्चालन गर्नका लागि एक मात्र रहेको रात्री सरकारी विद्यालय बन्द गरेको आरोप मेयर सरवागीलाई लागेको छ ।

मेयरको व्यक्तिगत स्वार्थका कारण आफुहरु शिक्षाबाट बञ्चित भएको विद्यार्थी श्याम पटेलले बताए ।
चुनाव अघि वीरगंज नगरवासीलाई शिक्षा, स्वास्थ्य लगायतका आधारभुत आवश्यकता परिपुर्ति गर्ने प्रतिवद्धता जनाएका सरवागी आफन्तवाद र व्यक्तिगत स्वार्थमा लागेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै आलोचित भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -