शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025
शनिबार, चैत्र ८, २०८१
Sat, March 22, 2025

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको...

काठमाडौं, ९ चैत्र । पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधन भएको छ। ७९...

दिल्ली उच्च अदालतको न्यायधिसको...

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ...

बारा पचरौताकाे अवस्था अहिले...

बारा, ९ चैत - बारा जिल्लाको पचरौता नगरपालिका–७ मा बाटो फराकिलो गर्ने क्रममा...

अमेरिकामा ५ लाखभन्दा बढी...

काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र...
spot_imgspot_imgspot_img
23.1 C
Kathmandu
32.3 C
Birgunj
spot_imgspot_imgspot_img

खेलकुदले देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान सहयोग गरेको छ : प्रचण्ड

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य पूरा गर्न खेलकूद क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । नेपाल वादोरियो कराते सङ्घले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्दैै उनले खेलकूद क्षेत्रले मुलुकमा समृद्धि ल्याउने बताए ।

- Advertisement -

‘देशको पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजान खेलकूदले सहयोग पुगेको छ’, उनले भने । पूर्वप्रधानमन्त्री दाहालले आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री भएपछि खेलकूद क्षेत्रलाई महत्वपूर्ण ध्यान दिएर अगाडि बढाएको उल्लेख गरे ।

युवा जनशक्तिमा सभ्यता र अनुशासन सिकाउन खेलकूदले सहयोग पुग्ने उनको भनाइ छ । अध्यक्ष दाहालले खेलकूद क्षेत्रले राष्ट्रिय एकतामा सहयोग पुगेको स्पष्ट पारे ।

सो अवसरमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताए । सरकार खेल र खेलाडीलाई प्रोत्साहन गर्न लागिरहेको उनको भनाइ थियो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । नेपाली खेलको विकासका लागि परिषद् लागिरहेको उनको भनाइ थियो ।

सङ्घीय सांसद दिव्यमणि राजभण्डारीले देशमा देखिएको अन्यौलको अन्त्यका लागि सरकारले विशेष भूमिका खेल्नुपर्ने बताए । ‘देशको विकासका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताए । काठमाडौँ खेलकूद विकास समितिका अध्यक्ष धुव्र न्यौपानेले खेलकूद क्षेत्रमा लागेका खेलाडीलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।

नेपाल वादोरियो कराते सङ्घका अध्यक्ष हरिशरण केसीले देश र विदेशमा नेपालको कराते क्षेत्रलाई चिनाउन नेपाल वादोरियो कराते सङ्घले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । ४९ जिल्लामा आफ्नो सङ्घ स्थापना गरेर खेलाडी उत्पादन गर्दै आएको उनको भनाइ छ ।

वि.स.२०६२ मा स्थापना भएको सङ्घले मुलुकको कराते क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापानलगायतका ३०० खेलाडीको सहभागिता रहेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई सम्मान गरेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार