spot_img

औपचारिक रुपमा आजदेखि तातोपानी नाका खुल्यो

spot_img
spot_img

सिन्धुपाल्चोक – २०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका बुधबारदेखि  औपचारिक रुपमा खुलेको छ । चीन सरकारले नै बनाइदिएको तातोपानी नाका मंगलबारदेखि नै सामान्य रुपमा खुलेको भए पनि विधिवत रुपमा भने बुधबारदेखि सञ्चालनमा आएको हो ।

नेपाल चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्ग २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आशिंक रुपमा ठप्प भएको थियो  भने २०७२ सालको भुकम्पपछि पूर्ण रुपमा ठप्प भएको थियो ।

यो राजमार्गमा मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन चीन पठाएसँगै आधिकारिक रूपमा नाका खुलेको घोषणा भएको हो ।  पहिला यो नाकाबाट वर्षको २० अर्ब रुपैयाँ बराबरको आयात र साढे २ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार हुँदै आएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय