Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

के तपाई सरकारी जागिर खान चाहनुहुन्छ ? यदी हुनुहुन्छ भने स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो !

spot_img

काठमाडौं । तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो ।

सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ ।

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० गतेसम्म छ ।

स्थानीय तहहरुले १४ हजार बढी कर्मचारीहरु आवश्यक रहेको भन्दै विज्ञापन खुलाइदिन संघीय लोक सेवा आयोगलाई भनेका थिए । तर, ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खोलिएको छ । बाँकी कर्मचारी बढुवामार्फत् पदपूर्ति गरिने लोक सेवा आयोगका प्रवक्ता किरण राज शर्माले बताए ।

संघीय लोक सेवा आयोगले छनोट गरे पनि ती कर्मचारीहरु स्थानीय तहकै हुनेछन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकताक्रम अनुसार लोक सेवा आयोगले स्थानीय तह तोकेरै नियुक्तिका लागि सिफारिस गर्ने छ ।

यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै नियुक्ति दिनेछन् र उनीहरुको सेवा शर्त र तलब तथा अन्य सुबिधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय