शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
28.8 C
Kathmandu
40.6 C
Birgunj

के तपाई सरकारी जागिर खान चाहनुहुन्छ ? यदी हुनुहुन्छ भने स्थानीय तहमा ९१६१ कर्मचारीको विज्ञापन खुल्यो !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । तपाईं सरकारी जागिर खान चाहनुहुन्छ भने यसपटक राम्रो अवसर छ । किनभने लोक सेवा आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

- Advertisement -

स्थानीय तहको आग्रहमा संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक तर्फ चौथो, पाँचौ र छैठौं तहका कर्मचारी भर्ना गर्न विज्ञापन खोलेको हो ।

सबैभन्दा धेरै महोत्तरीको जलेश्वर कार्यालयबाट १ हजार ३ सय १ जना कर्मचारी मागिएको छ । जलेश्वर कार्यालयले इन्जिनियरिङतर्फ मात्रै ५ सय कर्मचारी माग गरेको छ ।

- Advertisement -

असार ३ गतेसम्म अनलाइनमार्फत दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउने म्याद असार १० गतेसम्म छ ।

स्थानीय तहहरुले १४ हजार बढी कर्मचारीहरु आवश्यक रहेको भन्दै विज्ञापन खुलाइदिन संघीय लोक सेवा आयोगलाई भनेका थिए । तर, ९ हजार १ सय ६१ कर्मचारीको लागि मात्र विज्ञापन खोलिएको छ । बाँकी कर्मचारी बढुवामार्फत् पदपूर्ति गरिने लोक सेवा आयोगका प्रवक्ता किरण राज शर्माले बताए ।

संघीय लोक सेवा आयोगले छनोट गरे पनि ती कर्मचारीहरु स्थानीय तहकै हुनेछन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरुको रोजाई प्राथमिकताक्रम अनुसार लोक सेवा आयोगले स्थानीय तह तोकेरै नियुक्तिका लागि सिफारिस गर्ने छ ।

यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै नियुक्ति दिनेछन् र उनीहरुको सेवा शर्त र तलब तथा अन्य सुबिधा सम्बन्धित स्थानीय तहको कानुन बमोजिम हुनेछ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -