Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी रहेको प्रचण्ड को भनाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ, १५ जेठ —पुर्व प्रधानमन्त्रि एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी रहेको बताउनुभएको छ ।

१२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टी मार्फत् समृद्धि र समानता सहित समाजवादको आधार तयार पार्नु जिम्मेवारी हुन आएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्दै जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको बताउनुभयो ।
शुभकामना सन्देशमा उनले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ताप्रति उच्च सम्मान र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

ताजा समाचार

थप समाचार