Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025
Date
मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

रवि लामिछानेको निवेदनको सुनुवाइ...

काठमाडौं,०९ बैशाख । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा...

तीनकुने घटना : मुख्य...

काठमाडौँ,०९ वैशाख । तीनकुनेमा गत १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य योजनाकार...

सातै प्रदेशका मुख्यमन्त्री र...

काठमाडौँ,०९ वैशाख । सातवटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरूलाई लक्षित गर्दै दायर गरिएको...

एमाले बीरगन्ज महानगर कमिटीको...

बीरगन्ज,०९ वैशाख । नेकपा (एमाले) बीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान...
spot_imgspot_imgspot_img
30.1 C
Kathmandu
41.7 C
Birgunj
spot_imgspot_imgspot_img

मोहन वैद्यको प्रश्न – प्रधानमन्त्री भनेको आलोपालो बाँड्ने पद हो ?

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका छन् । पार्टी एकीकरण पछि प्रधानमन्त्री पदमा नेपाल कम्युष्टि पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले आलोपालो खोजेको चर्चा आएको बेला वैद्यले यस्तो टिप्णणी गरेका हुन् ।

- Advertisement -

क्रान्तिकारी पत्रकार महासंघले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्जु मर्यादित नभएको बताए ।

पार्टी एककिरण न नटुङ्गिको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत भएको उनको भनाई थियो ।

- Advertisement -

कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको पनि उनले आरोप लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको पनि खुलाए ।

वैद्यले वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गरेका छन् । समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यले दाबी गरे ।

‘१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ, अनि कसरी विकास हुन्छ ?, उनले प्रश्न गरे । व्यापार घाटा बढ्दै गएको अवस्थामा उद्योग, व्यवसाय र कृषि मैत्री बजेट आउन नसकेको उनको जिकिर थियो । क्रान्तिकारी पत्रकार महासंघको कार्यक्रम उद्घाटन गर्न वैद्य बुटवल आइएका हुन् ।

ताजा समाचार

spot_img

थप समाचार