शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

‘इन्फ्लुएन्जाबाट जोगिन नमस्कार गरौं’

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १६ साउन । पर्सामा ४ जनामा इन्फ्लुएन्जा पुष्टि भएसँगै संक्रमणको जोखिम बढेको छ । इन्फ्लुएन्जाको लक्षण भएका बिरामीहरुको संख्या दिनप्रतिदिन बढेसँगै संक्रमणको जोखिम बढेको हो । शरीर गल्ने, आलस्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको स्वाब परिक्षण गर्दा इन्फ्लुएन्जाको संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालका डाक्टर सरोज रोशन दासका अनुसार बीरगन्जबाट ५ जनाको स्वाब नमुना परीक्षण गराउँदा ४ जनामा इन्फ्लुएन्जा ए एचथ्री पोजेटिभ देखिएको हो ।

- Advertisement -

भिडभाडमा जाँदा, खोक्दा÷हाच्छिउ गर्दा, हात मिलाउँदा इन्फलुएन्जा संक्रमणको जोखिम हुनसक्ने भन्दै डा. दासले सतर्क रहन आग्रह गरेका छन् ।

उनका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ । विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामीहरु संक्रमण देखिएको उनले जानकारी गराए ।

- Advertisement -

“इन्फ्लुएञ्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा÷हाच्छिउ गर्दा सर्न सक्छ । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएञ्जा देखा पर्दछ । रुघाखोकी सामान्यत आफैँ पनि निको हन्छ । तर, विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य श्वासप्रश्वासलगायत) प्रभावितमा यसको जोखिम बढी हुन्छ । मृत्यु हुने सम्भावना पनि अन्यभन्दा बढी हुन्छ ।” डा. दासले भने ।

ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएन्जाका सामान्य लक्षण हुन् । चिकित्सकका अनुसार बालबालिकामा वाकवाकी लाग्ने÷बान्ता हुने, पेट मडारिने, झाडापखाला हुने, हाच्छिउ आउने, नाकबाट पानी बहने वा नाक बन्द हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, हाडजोर्नी दुख्ने तथा आलस्य हुने लक्षण देखा पर्दछन् ।

डा. दासले इन्फ्लुएन्जाको सङ्क्रमणबाट जोगिन खोक्दा, हाच्छिउ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा÷पाखुराले), साबुन पानीले पटकपटक हात धुने र सकेसम्म हात नमिलाउने र नमस्कार गर्न सल्लाह दिन्छन् । रुघाखोकी सङ्क्रमित भएकाबाट दूरी कायम गर्ने (कम्तीमा एक मिटर÷दुई हात टाढा रहने) सुझाव दिनुहुन्छ ।

रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने (सम्भव भएसम्म रोगीलाई अन्य व्यक्तिभन्दा अलग्गै राख्ने), आँखा, नाक तथा मुखमा अनावश्यकरुपमा हात नलैजाने, जथाभावी नथुक्ने÷सिँगान नफाल्ने, रुघाखोकी लागेका व्यक्ति कम्तीमा पाँच दिन दिनसम्म घरमै आराम गरेर बस्ने, सङ्क्रमित व्यक्तिलाई पौष्टिक खाना र प्रशस्तमात्रामा झोलिलो खानेकुरा खुवाउनुपर्छ ।

त्यस्तै भातको माड, दालको रस, तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने, दूध चुस्ने उमेरका बालबालिकालाई नियमित स्तनपान गराउने, चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि नखुवाउन डा. दासको सुझाव छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार